श्रीवैष्णवस्तोत्रमाला

बैशाख १८ गते, शुक्रबार
May 1, 2026

Sacred Temples

श्रीलक्ष्मीनारायण मन्दिर,  ( दिव्यदेशम् ) माईधार

श्रीलक्ष्मीनारायण मन्दिर, ( दिव्यदेशम् ) माईधार

झापा माईधार

Mahant: श्री १००८ केशवाचार्य स्वामीजी

Aacharya: श्री १००८ जगद्गुरु योगिराज स्वामीजी

Contact: 9842308694

नेपालको पूर्वी जिल्लामा पुनर्निर्माण अवस्थामा रहेको तथा नेपालकै प्रथम जगदगुरु तथा दुग्धारी श्रीयोगिराज कमलनयनाचार्य ज्यू महाराजको उपस्थितिमा त्यस बेला का... नेपालको पूर्वी जिल्लामा पुनर्निर्माण अवस्थामा रहेको तथा नेपालकै प्रथम जगदगुरु तथा दुग्धारी श्रीयोगिराज कमलनयनाचार्य ज्यू महाराजको उपस्थितिमा त्यस बेला का धरणीधर निरौला, देवनायक अर्याल, नारद ढकाल आदि व्यक्तित्व द्वारा वि. सं. २०३४ मा निर्माण सम्पन्न भएको भगवान श्रीलक्ष्मीनारायणको एक मन्दिर हो । वि.सं २०३४ देखि यहाँ सम्म आइपुग्दा जीर्ण भएको मन्दिर पुनः अनुमानत २२ करोडको लागतमा दक्षिण भारतीय वास्तु कला शैलीमा श्रीलक्ष्मीनारायण दिव्यदेशको रूपमा पुनर्निर्माणाधीन अवस्थामा रहेको छ। Read More
श्रीलक्ष्मीनारायण मन्दिर पाञ्चाली बिराटनगर

श्रीलक्ष्मीनारायण मन्दिर पाञ्चाली बिराटनगर

विराटनगर म.न.पा. १२, पाञ्चाली टोल, मोरङ

Mahant: श्री अच्युतप्रपन्नाचार्य स्वामीजी

Aacharya: वै. वा. कृष्णप्रपन्न जीयर स्वामीजी

Contact: 021471573

लक्ष्मीनारायणको मन्दिर पाञ्चाली जसको विसं २०४२ फागुनमा वै. वा. श्रीमत्परमहंसपरिव्राजकाचार्य अनन्त श्रीविभूषित कृष्णप्रपन्न यतिराज रामानुज जीयर स्वामीजी, श्रीमती कुमारी... लक्ष्मीनारायणको मन्दिर पाञ्चाली जसको विसं २०४२ फागुनमा वै. वा. श्रीमत्परमहंसपरिव्राजकाचार्य अनन्त श्रीविभूषित कृष्णप्रपन्न यतिराज रामानुज जीयर स्वामीजी, श्रीमती कुमारी (गरुडध्वज श्री. रा. दासी), श्रीमती लक्ष्मी श्री. रा. दासी एवं समस्त भक्त-भागवत धर्मावलम्बी महानुभावहरूद्वारा स्थापना स्थापना भएको हो । लक्ष्मीनारायण मन्दिर दाताहरूको चन्दाबाट बनेको हो ।लक्ष्मीनारायण मन्दिर दाताहरूको चन्दाबाट बनेको हो ।यस मन्दिरमा हाल शिक्षार्थी, शरणार्थी, धर्मार्थी र मोक्षार्थी नियमित रूपमा बसोबास गर्छन् । Read More
श्रीलक्ष्मीनारायण मन्दिर धनगढी

श्रीलक्ष्मीनारायण मन्दिर धनगढी

कलाली धनगढी

Mahant: श्री १००८ स्वामी देवराजाचार्य

Successor: श्री जगन्नाथाचार्य स्वामी

Aacharya: श्री स्वामी देवराजाचार्य

Contact: 091521584

श्रीलक्ष्मीनारायण मन्दिर धनगढी २०३९ सालमा बैशाख पूर्णिमाका दिन लक्ष्मीनारायण मन्दिर विधिवत रुपमा स्थापना भएको थियो। २०४० सालमा स्वामी देवराज... श्रीलक्ष्मीनारायण मन्दिर धनगढी २०३९ सालमा बैशाख पूर्णिमाका दिन लक्ष्मीनारायण मन्दिर विधिवत रुपमा स्थापना भएको थियो। २०४० सालमा स्वामी देवराज आचार्यकै पहलमा लक्ष्मीनारायण मन्दिरमा सनातन हिन्दु धर्मालम्बीहरुको सर्वस्व मानिने वेद धर्मशास्त्र, पूराण, रमायण, महाभारत, आगमशास्त्रको प्रचार प्रसार गरी वैदिक धर्मलाई सुरक्षा दिन भन्दै रघुनाथ वेद विद्याश्रम स्थापना गरिएको थियो। २०४० सालमा मन्दिरको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हुन नदिन २०४० सालमै मन्दिर सञ्चालक समितिको विधान बनाएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो । Read More
श्रीलक्ष्मीनारायण मन्दिर कञ्चनबारी

श्रीलक्ष्मीनारायण मन्दिर कञ्चनबारी

विराटनगर कञ्चनबारी

Aacharya: श्री चिन्न श्रीमन्नारायण रामानुज जीयर स्वामीजी

Contact: +9779842049858

Email: laxminarayanbrt21@gmail.com

श्रीलक्ष्मीनारायण मन्दिर २०४३ सालमा श्रीमधुसुदन सुवेदी र अन्य भक्तहरूको सहयोगमा मन्दिर स्थापना गरी श्री लक्ष्मी नारायण भगवान् गोदा देवी रामानुजाचार्य... श्रीलक्ष्मीनारायण मन्दिर २०४३ सालमा श्रीमधुसुदन सुवेदी र अन्य भक्तहरूको सहयोगमा मन्दिर स्थापना गरी श्री लक्ष्मी नारायण भगवान् गोदा देवी रामानुजाचार्य शाठकोप आलवार मन्दिर ७ कट्ठा क्षेत्रफलमा अवस्थित छ। साविकको मन्दिर जीर्ण भएपछि करिब ६ करोड रुपैयाको लागतमा मन्दिर पुनःनिर्माण गरिएको हो। १० हजार स्क्वायर फिटमा निर्माण गरिएको मन्दिरको निर्माण कार्य २०६७ साल माघबाट सुरु भए र विसं २०७५ चैत्र १२ गते बाट पंचदिवसिय श्रीमन्नारायण चिन्न जीयर स्वामीजीको सान्निध्यमा नवनिर्मित मन्दिरको महासम्प्रोक्षण सम्पन्न भएको थियो । Read More

Temple Committee

  • युवराज धिताल: अध्यक्ष
श्रीरंगनाथ मन्दिर झापा

श्रीरंगनाथ मन्दिर झापा

झापा, झिलझिले, लालझोडा

Mahant: श्रीभागवताचार्य स्वामीजी

Aacharya: श्री १००८ देवकीनन्दनाचार्य

Contact: +9779817035386

श्री १००८ देवकीनन्दनाचार्य स्वामीजी महाराजको सत्सङ्कल्पद्वारा पूर्वी नेपालको झापा जिल्लाको शिवसताक्षी नगरपालिका-८ (साविक सतासीधाम-४), श्रीरङ्गम् दिव्यक्षेत्र (लालझोडा)मा वि.सं. २०४४ बाट... श्री १००८ देवकीनन्दनाचार्य स्वामीजी महाराजको सत्सङ्कल्पद्वारा पूर्वी नेपालको झापा जिल्लाको शिवसताक्षी नगरपालिका-८ (साविक सतासीधाम-४), श्रीरङ्गम् दिव्यक्षेत्र (लालझोडा)मा वि.सं. २०४४ बाट अनौपचारिक रूपमा श्रीदेवकीनन्दनाचार्य मठ तथा श्रीरङ्गनाथ मन्दिरको स्थापना भएको हो । वि.सं. २०४५ मा शिलान्यास भएर मन्दिरको निर्माण कार्य प्रारम्भ भएको थियो । Read More
श्रीमन्नारायण देवस्थान चाराली

श्रीमन्नारायण देवस्थान चाराली

चाराली, झापा नेपाल

Mahant: श्रीवासुदेवाचार्य स्वामीजी

Successor: श्रीपराङ्कुशाचर्य

Aacharya: श्रीवासुदेवाचार्य स्वामीजी

Contact: +9779842678788

श्रीवासुदेवाचार्य स्वामीजीको सत्संकल्पमा २०७३ फाल्गुन १८ भगवद् रामानुजाचार्यको पावन स्मृतिमा निर्माण भएको थियो। श्रीमन्नारायण देवस्थान चारआली झापा नेपालमा वहाँकै... श्रीवासुदेवाचार्य स्वामीजीको सत्संकल्पमा २०७३ फाल्गुन १८ भगवद् रामानुजाचार्यको पावन स्मृतिमा निर्माण भएको थियो। श्रीमन्नारायण देवस्थान चारआली झापा नेपालमा वहाँकै जन्म सहस्राब्दी (१०००) महोत्सवका उपलक्ष्यमा नै पञ्चदिवशीय आल्वार आचार्यादि समेत श्रीमन्नारायण प्रभुको श्रीविग्रह (श्रीमूर्ति) दिव्यप्राण प्रतिष्ठापना (महासंप्रोक्षण) महोत्सव कार्यक्रम “काञ्ची प्रतिवादि भयंकर पिठाधीश्वर अनन्त श्रीविभूषित श्री श्रीनिवासाचार्य स्वामी जी महाराज तथा अनन्त श्री विभूषित श्री अनन्ताचार्य स्वामी जी महाराज (बालक स्वामी जी) का सुसान्निध्य मंगलाशासन र सनिर्देशनमा विशिष्ट दाक्षिणात्य विद्वान् यज्ञाचार्यहरुद्वारा एवं विद्वद्वरेण्य अनन्त श्री विभूषित श्री देवराजाचार्य स्वामी जी महाराज श्रीलक्ष्मीनारायण मन्दिर धनगढीका मुखारविन्दबाट पुराण रत्न श्रीविष्णुपुराण प्रवचन तथा अनेक विशिष्ट विद्वान सन्त महन्त स्वामीजीहरुद्वारा वेद, रामायण, पुराण आदि अनेक दिव्यग्रन्थ पारायण अनि सरस भक्तिमय प्रवचनका साथ श्रीभगवद् दिव्यप्राणप्रतिष्ठा महोत्सव सम्पन्न भएको थियो । Read More
श्रीपञ्चमहालक्ष्मी श्रीपीठ भक्तपुर

श्रीपञ्चमहालक्ष्मी श्रीपीठ भक्तपुर

चाँगुनारायण नगरालिका ५ श्रीवन

Mahant: श्रीकमलनयनाचार्य

Aacharya: श्रीकमलनयनाचार्य

Contact: +977 9840837178

श्री पञ्चमहालक्ष्मी मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रुपमा निकै महत्त्वपूर्ण मानिन्छ । यस मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायाण नगरपालिका वडा नम्बर... श्री पञ्चमहालक्ष्मी मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक रुपमा निकै महत्त्वपूर्ण मानिन्छ । यस मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायाण नगरपालिका वडा नम्बर ५ स्थित छालिङमा पर्दछ । यो मन्दिरमा महालक्ष्मी, भोगलक्ष्मी, ज्ञानलक्ष्मी र मोक्षलक्ष्मीको महिमा रहेको विश्वास स्थानीयको रहेको छ । कलात्मक शैलीमा निर्माण भएको यस मन्दिर हेर्दा निकै सुन्दर छ । त्यसकारण पनि घुम्न आउने पर्यटकलाई लोभ्याइरहेको छ । चाडपर्व तथा अन्य बिशेष दिनमा पनि यस मन्दिरमा भक्तजनहरूको निकै भीड लाग्ने गर्छ । Read More
श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम

श्रीगजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाम

त्रिवेणी ६, नवलपुर

Mahant: स्वामी श्रीकृष्ण प्रपन्नाचार्य श्रीजीमहाराज

Successor: स्वामी श्रीकृष्ण प्रपन्नाचार्य श्रीजीमहाराज

Aacharya: अखण्डज्योतिबाबा स्वामी श्री कमलनयनाचार्य

Contact: +9779857013808

Email: gajendramoksha5@gmail.com

वि.सं. २०७५ फाल्गुन १९ गते नेपाल तथा भारतका सन्त, महन्त धर्माचार्य एवम् गुरुवर्गहरुका साथ ५५५ जना संस्थापक सदस्यहरूद्वारा यस मन्दिरको... वि.सं. २०७५ फाल्गुन १९ गते नेपाल तथा भारतका सन्त, महन्त धर्माचार्य एवम् गुरुवर्गहरुका साथ ५५५ जना संस्थापक सदस्यहरूद्वारा यस मन्दिरको सामुहिक रुपमा समुद्घाटन भई सप्तदिवसीय प्राण–प्रतिष्ठा महा–महोत्सव गरी श्रीगजेन्द्र मोक्ष नारायण भगवानको विशाल दिव्य श्रीविग्रह प्रतिष्ठित गरिएको थियो । मन्दिरको बाहिरी बनावट नेपाली प्यागोडा शैली एवम् भित्री दक्षिण भारतीय शैलीमा छ । शङ्ख, चक्र, तिलक, श्री, पुष्प, गौ, हस्ती, अश्वादि मांगलिक चित्राङ्कन गरिएको मन्दिरमा कुल ३१ ढोका, ९६ झ्याल एवम् ५०० भन्दा बढी मूर्तिहरु निर्मित छन् । Read More

No temples found matching your search.

Success
Action completed successfully!
Notifications

Welcome!

Login to access your account

Login / Register About Contact Us Privacy Policy
×